सुनसरी । 

सुनसरी इटहरी उपमहानगरपालिका –४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउन सुगर ९ ग्राम २० मिलीग्राम सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका लामाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।