झापा । 

झापाको भद्रपुर नगरपालिका– ७ बोक्तोवारीबाट  प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही स्थानका १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी,  सोही स्थान ६ संगमटोलका २० बर्षीय राहुल ठाकुर,  सोही स्थान ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोलका १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनिटोलका ३१ बर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ बर्षीय राज श्रेष्ठ रहेका छन्  ।

वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारेपछि  उनीहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।