बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा हस्पिटल तथा बिभिन्न कामका लागि आउने व्यक्तिको सुविधालाई ध्यानमा राखेर पेइङ गेष्ट हाउस सञ्चालनमा आएको छ । ओमबिक्रम नेम्वाङको एकल २ करोड रुपैयाँको लगानीमा ‘भाइब्स्  पिइङ गेष्ट हाउस’ सञ्चालनमा आएको हो । 

सञ्चालक नेम्वाङले बिहीवार बिर्तामोडमा पत्रकार भेटघाट गरेर पेइङ गेष्ट हाउसको उद्घाटन गरेका हुन् । पेइङ गेष्ट हाउसको उद्घाटन बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलले गरेका हुन् । 

बिर्तामोडका हस्पिटलमा आउने कुरुवालाई मध्येनजर गर्दै गेष्ट हाउस सञ्चालनमा ल्याएको सञ्चालक नेम्वाङले बताए । गेष्ट हाउसमा हाल १६ कोठा र ३ वटा किचन रहेको जानकारी दिए । गेष्ट हाउसमा ग्राहकले आफैले बनाएर वा अर्डर गरेर समेत खाना उपलब्ध हुने उनले बताए । 

झापामा यस प्रकारको पेइङ गेष्ट हाउस पहिलो भएको उनको दावी छ । ग्राहकको इच्छा अनुसार ५ सय देखि ३ हजार ५ सय रुपैयाँसम्मका कोठाहरु गेष्ट हाउसमा उपलब्ध रहेको उनले जानकारी दिए । गेष्ट हाउस अन्य होटल तथा लज भन्दा धेरै नै सस्तो र पारिवारिक वातावरण आफै खाना बनाएर खान समेत सकिने सञ्चालक नेम्वाङले बताएका छन् ।

गेष्ट हाउसमा बिरामी कुरुवाले धेरै दिन बस्नु पर्ने भए त्यस्तालाई २५ प्रतिशतसम्म छुट दिइने उनको भनाई छ । गेष्ट हाउसमा  पार्किङको सुविधा पनि भएको उनले बताए । सञ्चालक नेम्वाङले आफु काठमाडौं जाँदा त्यस वातावरणमा बसेर बाहिरबाट आउनेका लागि सहज होस् भन्ने उदेश्यले गेष्ट हाउस सञ्चालन गरेको बताए । विशेष गरेर पहाडी क्षेत्र इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट विरामी लिएर आउने कुरुवाहरुका लागि सस्तो र उपयुक्त हुने उनको भनाई छ । 

दुर्गा नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रोहित नेम्वाङले गरेका थिए ।