विर्तामोड ।
नेपाल उद्यमशिल महिला संघ झापाका अध्यक्ष तथा सामाजिक व्यक्तित्व पार्वता खरेल विमलीले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल प्रेस युनियन झापा शाखाले स्थापना गरेको अक्षयकोषमा सहयोग गरेकी छिन् ।
नेपाली कांग्रेस झापाको १० औं महाधिवेशनका लागि देउकुमार थेवे प्यानलको उम्मेद्वारी घोषणा सार्वजनिक कार्यक्रमका बीच कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको अक्षयकोषका लागि अध्यक्ष विमलीले युनियनका झापा सभापति इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँई, उपसभापति गिरीराज भट्टराई, कार्यसमिति सदस्य रणदेव हजाम, केन्द्रीय पार्षद शुशिला संग्रौलाको टोलीलाई संयुक्त रुपमा ११ हजार रुपैयाँ प्रदान गरेकी हुन् ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा दीगो लक्ष्य राखेर स्थापना भएको संस्थालाई गरेको सहयोग सदैव रहिरहने भएकाले अक्षयकोषमा सहयोग गरेको विमलीले बताइन् ।