बिर्तामोड ।
बिद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीति गर्दै आएकी पार्वता गिरीले जिल्ला सदस्यमा उम्मेद्वारी दिएकी छिन् ।
यसअघि पनि जिल्ला सदस्य नै रहेकी रहेकी नेपाली कांग्रेसकी लोकप्रिय महिला नेतृका रुपमा परिचित गिरी २०४६ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय बन्दै आएकी छिन् ।
क्याम्पस जीवनमा समेत गिरीले नेपाली कांग्रेसमा सक्रिय भएर राजनीति चासो राख्ने गरेको बताइन् । सदस्य पदकी उम्मेद्वार गिरीले तत्कालीन नेपाली कांग्रेसको चारपाने गाउँ विकास समितिको महिला संघ सभापति भएको बताइन् । त्यस्तै महिला संघ क्षेत्र नं.२ को क्षेत्रिय सभापतिमा समेत रहेर काम गरी सकेको बताएकी छिन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मंसिर १० गते हुन लागेको जिल्ला अधिवेशनमा गिरीले सदस्य पदमा उम्मेद्वारी दिएकी हुन् । उनले जिल्ला सदस्य नगर कोटाबाट उम्मेद्वारी दिएकी हुन् ।
झापाका प्रत्येक सामाजिक कार्यमा एकदमै सक्रिय गिरी बिर्तामोड नगरपालिकाको उपमेयरमा समेत उम्मेद्वार बनेकीमा थोरै मतले पराजित भएकी थिइन् ।
गिरीले कांग्रेसको राजनीतिमा जनस्तरबाटै यहाँसम्म आइपुगेकाले पार्टीको विधान, नीति, विचार, सिद्धान्त, निर्देशन साथै कार्यक्रमका आधारमै जनहितका लागि कार्य गर्ने प्रतिवद्धता समेत गरेको बताइन् । निर्वाचन मंसिर १० गते बिर्ताबजारको अनारमनी पब्लिक क्याम्पसमा हुँदैछ ।