शिवसताक्षी ।
गोलोक गोवर्धन गौशाला सताक्षीधाम झापामा धामको ७ औं बार्षिक महोत्सब तथा धार्मिक महोत्सब सुरु भएको छ।
मंसिर ७ गते देखि १७ गतेसम्म सञ्चालन हुने महायज्ञमा आर्चायश्री मेदनीप्रसाद मिश्राजी (यू.के) ,आचार्य धुब्रश्री गुरागाई,आर्चाय श्री दुर्गाप्रसाद खतिवडा र आर्चाय श्री घनश्याम खनालबाट श्री सह्रसचण्डी महोत्सब, श्री धनुमानस कथा तथा श्री मार्कण्डिय महापुराण एवम् श्रीसताक्षी शक्ति ज्ञान साथमा बिबिध साँस्कृतिक उत्सबहरूको सुरू भएको हो।
महोत्सबको प्रमुख अतिथि कामधेनु गौशालाका स्थापक, योगि सोम राजजी महाराज तथा बिशिस्ट अतिथि देउमान थेवे लगायत गौशालाका पदाधिकारी लगायतको उपस्थितिमा उद्घाटन भएको हो।
नेपाल राष्ट्रमा गौं वंशको रक्षा तथा सेवा गर्ने हेतुले स्थापना भएको सो धामले गौमाताको संरक्षण र सम्वर्धनका लागि देश भरिनै अभियानको सुरूवात गरेको शताक्षी गुरुकुलमका प्राचार्य तथा गौशालाका ब्यवस्थापक, मदन मोहन अधिकारीले बताएका छन् । गौंशालाधामको संस्थापक महाराज नन्दकिशोर भारद्वाज हुन् ।
यज्ञले प्रकृति पर्यावरण जीव एवम् वनस्पतिको संरक्षण हुने भएकाले यस यज्ञलाई सफल गर्नका लागि आ–आफ्नो तर्फबाट अहम भूमिका भूमिका निर्वाहगरी आफ्ना दिवंगत पितृहरूको उद्वार तथा भावि सन्तानको समुन्नत भबिस्यको कामना गर्दै उक्त महायज्ञमा उपस्थित भई यज्ञ पुरूष भगवान् को अर्चना साथै महिमा श्रवणगरी देवदूर्लभ मानव जीवनलाई सार्थक बनाउन धाम समितिले आग्रह गरेको छ।