भद्रपुर । 

‘स्वेच्छिक कर सहभागिता अभिबृद्धि ः सुशासन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको यस वर्षको कर सप्ताह झापामा भएको छ । मंसिर १ गते विर्तामोडमा विशेष समारोह आयोजना गरी कर दिवस मनाउनुका साथै कर सप्ताहको उद्घाटन गरिएको थियो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजनामा शुरु भएको कर सप्ताह मंगलबार (आज) भद्रपुरमा सम्पन्न गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजालको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा कर सप्ताह समापन गरिएको थियो । 

कर सप्ताहभर झापालगायत इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानका कर शिक्षा कार्यक्रम तथा उद्योगी–व्यवसायहिरुबीच अन्तरक्रिया गरिएको थियो ।