बिर्तामोड । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–३ ले सीप सिकेर ब्यवसायिक, आत्मनिर्भर बन्ने महिलालाई ४५ दिने  निःशुल्क सिलाई कटाई तालिम दिने भएको छ । 

 वडा कार्यालयको आर्थिक बर्ष २०७८÷०७९ को योजना तथा कार्यक्रम अन्तर्गत वडा भित्रका ईच्छुक महिलालाई  निःशुल्क सिलाई कटाई तालिम लिन लागेको हो ।   

तालिम लिन इच्छुक तथा योग्यले नेपाली नागरिकताको प्रतिलिपी तथा प्रशिक्षकका लागि भए आफूले सिकेको प्रमाणपत्रको प्रतिलिपीका साथ वडा कार्यालयमा निबेदन पेश गर्न आव्हान गरेको छ ।  इच्छुकले मंसिर १५ गतेभित्र निवेदन दिन सकिने वडा सचिब तथा सूचना अधिकारी राजन खतिवडाले बताए । 

 तालिम अवधिसम्म पूरा समय दिन सक्नेलाई तालिममा प्राथमिकता दिईने वडा सचिव तथा सूचना अधिकारी  खतिवडाले बताए। निवेदन आएपछि तालिमको मिति तय गरिने  उनले जानकारी दिए । वडाको बजेट एकलाख रुपैयाँले उक्त तालिम गर्न लागिएको उनले बताए ।