मोरङ । 

मोरङको बुढिगंगा गाउँपालिका –४  बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रालिमा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ ।

उनी हात खुट्टा धुन भनि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर  चलाउदा अचानक करेन्ट लागि गम्भिर घाईते भई उपचारको लागि बिराट मेडिकल कलेज गंगाचौक लगिएको थिए ।

घाईते खवासको उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।