• सुदिप गिरी 

हल्दिबारी । 

समय समयमा हल्दिबारी गाउँपालिकाले सूचना तथा जानकारी नदिएको आरोप लाग्ने गरेको छ । गाउँपालिकाले सार्वजनिक कार्यक्रम गोप्य र त्यस्ता सूचना निदेने गरेको आरोप लाग्ने गरेको हो ।

हालसालै  ‘जागौं नेपाल राष्ट्रिय अभियान’ ले विभिन्न सार्वजनिक निकायहरूमा सार्वजनिक महत्त्वका सूचनाहरू माग गर्दा नदिएको आरोप लागेको छ । 

अभियानका अभियन्ता बद्रीनाथ उप्रेती (दिपक) ले  हल्दिबारी गाउँपालिकाक ासूचना अधिकारीलाई सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ बमोजिम भ्रष्टाचार न्युनिकरण,अध्ययन गरेर सत्य तथ्य प्रमाण जुटाएर अभियानलाई अगाडि  बढाउन सु–शासन कायम गर्ने लगायत विविध प्रयोजनका लागि मागेको जानकारी नदिएको उनले बताएका छन् । सुचना अधिकारीले सो सूचना नदिएको भन्दै हल्दिबारी गाउँपालिका प्रमुख विरूद्व राष्ट्रिय सूचना आयोगमा कारबाहीको माग गर्दै निबेदन दिएका छन् । 

उनले गत कार्तिक ३ गते हल्दिबारी गाउँपालिकामा सूचना माग गरेको बताए । तर, माग गरिएको  सूचनाको हक सम्बन्धि ऐनको म्याद भित्र सूचना अधिकारीले  सूचना उपलब्ध नगराएपछि उप्रेतीले सूचनाको हक सम्बन्धि ऐनको दफा ९ बमोजिम  सो पालिकाका सूचना अधिकारीलाई विपक्षी बनाई आवश्यक कारबाहीको माग गर्दै कार्यालय प्रमुखलाई गत कार्तिक २२ गते उजुरी दिएका थिए ।  

उजुरी गर्दा समेत कार्यालय प्रमुखले आजसम्म  आनाकानी, बेवास्ता गरेपछि सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा १० बमोजिम हिजो आईतबार राष्ट्रिय सूचना आयोग काठमाडौंमा सूचना उपलब्ध नगराउने कार्यालय प्रमुखलाई दफा ३२ बमोजिम कानुनी कारवाहिको माग गर्दै आफुले निवेदन दिएको उप्रेतीले बताए । 

उनले  माग गरेको सूचना यथाशिघ्र उपलब्ध गराईदिन पुनरावेदन गरेका हुन्। उप्रेतीले भने ‘हल्दिबारी गाउँपालिकाका सूचना अधिकारीले बारम्बार ऐन, नियम कानुन मिच्दै कानुन विपरीत पटकपटक आम सर्वसाधारण नेपाली नागरिकको मौलिक हक हनन् गर्ने काम गरेका छन्’ उनले भने ‘अन्य अरू कार्यालयहरूमा आज सूचना माग गर्दा भोलीपल्ट सम्ममा दिनुहुन्छ ।’  तर हल्दिबारीमा यस्तो नभएको उनले बताए । उनले थपे ‘हल्दिबारीका सूचना अधिकारी आफ्नो काम जिम्मेवारी पूरा गर्नुभन्दा पनि कार्यालय समयमा नेता तथा हाकिमको चाकरीमा लुप्त हुने र अघि पछि लागेर हिड्ने गरेको देखिन्छ’ उप्रेतीले भने ‘आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ भन्ने ज्ञान उनमा कहिल्यै आएन।’ सूचनाका लागि उनलाई सम्पर्क गर्दा समेत फोन नउठाउने उप्रेती बताए । 

उनले निम्नकुराहरुको माग गरेको बताए । 

१)  हल्दिबारी गाउँपालिकाको पाँचै वडा कार्यालयका सूचना अधिकारीहरूको फोटोसहितको विवरण भएको फ्लेक्स बोड वा होडिङ्ग बोर्डको फोटोको प्रमाणित प्रतिलिपी ।

२) गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक सरोकारका कार्यालय, बैंक, सहकारी संस्था, अस्पताल, स्वास्थ्य चौकीहरू, प्रहरी चौकिहरू, बिद्यालयहरूको हाल सम्म यस गा.पा.लाई प्राप्त भएका सूचना अधिकारीहरूको बिबरणको प्रमाणित प्रतिलिपी ।

३) गाउँपालिका क्षेत्र भित्रका सडकको बिच–बिचमा र चोकहरूमा स्तम्भ बनाउन यो वर्ष समेत गापाको बजेट छुट्याइएको भन्ने सम्बन्धमा वास्तविकता तथा  आधिकारिकता के हो ? र यसरी सडकको बिचमा बनिसकेको  स्तम्भहरूको तोडफोड भईरहेको छ साथै दुर्घटनाको जोखिम पनि बढेको छ। बनिसकेको लागि गाउँपालिको संरक्षण र सम्द्धर्धनका लागि अबको नयाँ निमार्णका लागि नीति तथा योजना धारणा के  के छन् पालिका कार्यालयको ?

४) १७ महिना पहिले गापामा भएको तोड्फोड र घाइतेहरुको उपचार खर्च ब्यहोर्ने बारेमा कस–कसको ब्यहोर्ने तयारी गरिएको हो त्यसको प्रमाणित कागजातको  प्रमाणित प्रतिलिपी ।


समय सिमा भित्र सार्वजनिक निकायमा सूचना माग गर्दा बारम्बार बेवस्ता गर्ने सूचना अधिकारी कार्यालय प्रमुखको काम गराईप्रति गाउँपालिका अध्यक्ष, उपाध्यक्षको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । नागरिकको मौलिक हक हनन् हुँदा नागरिकको हकको प्रत्याभूति गराउने पहिलो र जनताको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय तहका जनप्रतिनिधिले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।  सूचनाले काममा सरलता, सहजता, पारर्दशिता, भ्रष्टाचार न्युनिकरण तथा सु शासासन कायम गर्न ठूलो भूमिका खेलेको हुन्छ ।