- सुदिप गिरी
हल्दिबारी ।
बर्षातको कारणले पूर्ण रुपमा धानबाली क्षति ब्यहोरेका कृषकहरुलाई मालपोत करमा शतप्रतिशत छुट दिने हल्दीबारी गाउँपालिकाको निर्णय गरेको छ ।
केही समय अघि बेमौसमी अविरल बर्षाका कारण धानबालीमा भएको क्षतिलाई मध्येनजर गर्दै हल्दीबारी गाउँपालिकाले कृषकहरुलाई राहत दिने निर्णय गरेको हो । गाउँपालिका आज (आइतबार बसेको नियमित मासिक बैठकले पीडित कृषकहरुलार्इ राहत दिने भएको छ ।
गाउँपालिकामा बेमौसमी बर्षाको कारणले पूर्ण रुपमा ९ सय ३७ विगाहा, आंशिक रुपमा ७ सय ३० बिगाहा र सामान्य रुपमा १ सय ७७ बिगाहा जमिनमा लगाइएको धानबालीमा क्षति भएको तथ्यांक सार्वजनिक भएको थियो।
कार्यपालिकाको बैठकले पूर्ण रुपमा धानबाली नष्ट भएका कृषकहरुलाई चालू आ.व. मा तिर्नुपर्ने मालपोत करमा एकय प्रतिशत छुट दिने, आंशिक रुपमा क्षति भएका कृषकहरूलाई ७५ प्रतिशत छुट दिने र सामान्य क्षति भएका कृषकहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
त्यसैगरी अधिया र ठेक्कामा खेती गर्ने कृषकहरुको हकमा धानबाली नष्ट भएको जमीनमा आवश्यक पर्ने धानको बिउ आगामी बर्षमा गाउँपालिकाबाट निशुल्क उपलब्ध गराउने समेत निर्णय भएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी गराए।