विर्तामोड  ।

बैदेशिक रोजगारीका क्रममा मलेसशयामा रहेकी पारु लोहारले नारी सञ्चार गृहलाई  सहयोग गरेकी छिन् ।  झापाका महिला पत्रकार तथा सञ्चारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि उनले सहयोग गरेकी हुन् ।

विदेशी भूमिमा पसिना बगाएर आफू आवद्ध संस्थाले दीर्घकालीन लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषको लक्ष्य प्राप्तीका लागि भन्दै पठाएको ५ हजार १०५ पाँच रुपैयाँ पारुकी आमा हरिमाया लोहारले  संस्थाका अध्यक्ष भीमा शिवाकोटी अक्षयकोषका संयोजक रेजिना गौतम, सदस्य शिला उप्रेतीसहितको टोलीलाई प्रदान गरेकी हुन् । 

 सञ्चार क्षेत्रमा आवद्ध लोहार विभिन्न पारिवारिक समस्याका कारण झण्डै दुई वर्ष अघि पेशा छाडेर बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेकी थिइन् ।