• सुदिप गिरी

हल्दिबारी ।

हल्दिबारी गाउँपालिका वडा नं.३ मा सञ्चालित मेर्जनी चोकबाट उत्तर कन्टरघुटुबाट लालीगुराँस टोल हुँदै रामहरि चोक जाने बाटो कालोपत्रे भएको छ ।

गाउँपालिका, प्रदेश सरकार, संघिय सरकारको संयुक्त लगानीमा सञ्चालित निमार्ण आयोजनाको ठेक्का खनाल इभरग्रीन जेभी बिर्तामोड ७ ले पाएको थियो । २०७७ चैत २२ गते गाउँपालिकासँग निर्माण सम्झौता भएको खनाल इभरग्रीनले २०७९ अशोज ०६ गते निमार्ण सम्पन्न गर्ने भएको थियो । 

२ करोड ९६ लाख ७१ हजार ५ सय ९३ रूपैयाँ ९२ पैसाको लागतमा निमार्ण सम्झौता गरेको थियो । तर, समयाबधि भन्दा करिब ११ महिना अगाडि नै काम सम्पन्न गरेर गाउँपालिकालाई जिम्मा दिने तयारी भएको खनाल इभरग्रीन जे भि का सञ्चालक भरत भट्टराईले जानकारी दिए । मेजर्नी चोकदेखि सुरु हुने  कालोपत्रे रामहरि चोक आईपुग्दा ४२०० मिटर लम्बाईको दुरी हुन्छ । सडकको दाँया बाँया ३० फुटे चौडा रहने र ५ मिटर कालो पत्रे गरिएको  ठेकेदार कम्पनीले जनाएको छ ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मेको सास्ती लामो समयदेखि खेपेका सडक खण्ड छेउ छाउका स्थानीयवासी सडक पक्की भएपछि खुसी देखिएका छन् । एक स्थानीयबासीले कल्पना समेत नगरेको बिकास निर्माण कार्यहरु पालिकाले गरेको बताए । सो कालेपत्रे सडकको अगुवाई हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले गरेको हल्दिबारी–३ का वडा अध्यक्ष रोशन शिबाकोटीले बताइन् ।