चारआली ।
झापा मेचीनगर–१४ मा २४ घण्टे ’अखण्ड कृतन‘ भएको छ । पाथिभरा टोलकी हिरामनी राजबंशीले २४ घण्टे अखण्ड कृतनको आयोजना गरेकी हुन् । निरन्तर २४ घण्टासम्म ‘हरे(राम’ ‘हरे(कृष्ण’ को संगीतमय भजन, नृत्य, पूजाबिधिद्वारा शुक्रबारबाट अखण्ड कृतन शुरु गरि शनिबार सम्पन्न गर्ने उनको भनाई छ ।
अखण्ड कृतन गर्दा भजनको भाव नछुटाईकन पूरा गर्नुपर्ने कृतन हो । कृतनमा नेपालको विभिन्न ठाउँबाट ६ वटा र भारतबाट एउटा भजन गायक, नृत्यनाटक तथा बाध्यबाधन टोलिको प्रस्तुति रहेको छ ।
पितृको आत्माले शान्ति पाओस् भनी आदिवासी समुदायले परापुर्व कालदेखि अखण्ड कृतन गर्दै आएका छ्न् । उक्त कृतनमा सहभागी जनाउनेले आर्थिक सहयोग गरेको हिरामनीले बताइन् ।
उनका अनुसार २४ घण्टे अखण्ड कृतन सातदिने श्रीमद् भागवत पुराण गर्नु जतिकै महत्त्वपूर्ण छ । कृतनमा टोलिको ब्यबस्थापन, कलाकारको ब्यबस्थापनलगायतका लागि ३ लाखबढी खर्चको अनुमान गरिएको आयोजकको भनाई छ ।