बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले भुस्याहा कुकुरको पाँच दिने बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजना तथा हार्ट नेपाल पोखराको प्राविधिक सहयोगमा शुक्रबारदेखि सडक सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको हो । 

शुक्रबार (आज) बाट शुरु भएको अभियान मंसिर ८ गतेसम्म चल्ने पशुपंछी तथा मत्स्य विकास शाखा प्राविधिक बिष्णुप्रसाद भट्टराईले जानकारी दिए । उक्त अभियान अन्र्तगत २ सय ५० बढि कुकुरको बन्ध्याकरण गरिने उनले बताए । 

२०७२/०७३ बाट सुरु भएको सामुदायिक कुकुर बन्ध्याकरण अभियान प्रत्येक बर्ष गर्ने गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।