झापा ।
झापा गाउँपालिका –६ भृकुटी चौककी ६२ बर्षीया हरिमाया बिकको करेन्ट लागेर मृत्यु भएको छ ।
हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।