बिर्तामोड । 

सनातन धर्म सेवा समिति   झापाको अधिवेशन आगामी चैत्र मसान्त भित्र गरिने भएको छ ।  सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाका कार्यबाहक अध्यक्षको अध्यक्षतामा बिहीबार बिर्तामोडमा बसेको वैठकले उक्त निर्णय गरेको सनातन झापाका सचिब लक्ष्मीप्रसाद दंगालले जानकारी दिए । 

समितिको आगामी चैत्र मसान्तसम्म जिल्ला अधिवेशन गर्नका लागि मातहतका स्थानीय शाखाहरुको यथाशीघ्र अधिवेशन गराउने उनले जानकारी दिए । 

बैठकमा समितिले  जिल्ला प्रतिनिधि निर्वाचित गर्नेसहितका महत्वपूर्ण निर्णय समेत भएको सचिव दंगालले बताए ।