• सुदिप गिरी 

हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले कृषकहरूलाई गहुँको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई गहुँको उन्नत जातको बीउ वितरण गर्ने भएको हो । 

बाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रबाट हल्दिबारी गाउँपालिकालाई आ. ब २०७८/०७९ मा प्राप्त ससर्त अनुदानबाट गहुँ उत्पादन तथा प्रवर्द्वन कार्यक्रम सञ्चालन मार्फत उन्नत जातको गहुँको बीउ ५० प्रतिशत अनुदानमा कृषकहरूलाई वितरण गरिने कृषि बिकास शाखाले जानकारी दिएको छ।

उक्त शाखाले बुधबार सार्वजनिक सूचना जारी गर्दै  सम्बन्धित कृषकहरूलाई नेपाली नागरिकको प्रतिलिपी, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, ५० प्रतिशत कृषकले ब्यर्होने रकम र निबेदनका साथ मिति २०७८मंसिर ७ गते भित्र  आ–आफ्नो वडा कार्यालयमा गहुँको बिउको मागका लागि  निबेदन पेश गर्न आव्हान गरेको छ ।  अधिकतम् एकजना किसान बराबर ३५ केजीसम्म गँहुको बिउ प्रदान गर्ने बताईएको छ।