- सुदिप गिरी
हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकाले किसान तथा कृषकलाई लक्षित गरी जैं घाँसको बीउ बितरण गर्ने कार्यक्रम अन्तरगर्त वडा नं. ३ र ४ ले पनि वितरण गर्ने भएका छन् ।
गाउँपालिकाको जम्मा एक लाख २० हजार लागतको उक्त कार्यक्रम पाँचैं वटा वडा कार्यालयहरू मार्फत बीउ वितरण भईरहेको छ । यसअघि नै वडा नं.२ र ५ ले स्थानीयलाई जैं घाँस बितरण सम्बन्धि सूचना जारी गरिसकेका छन् भने हाल ३ र ४ ले पनि सूचना जारी गरेका हुन् । साथै वडा नं. १ ले मात्र बीउ बितरण गर्ने बाँकी रहेको छ।
कृषकहरूको ५० प्रतिशत लागत सहभागिता रहने उक्त कार्यक्रम सार्वजनिक सूचना जारी गर्दै सम्बन्धि किसानहरूलाई सम्बन्धित वडा कार्यालयमा नागरिककताको प्रतिलिपि, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी र निबेदनसहित वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ ।
कृषकहरूले जै घाँसको बीउको प्रतीकेजी ४० रुपैयाँ ब्यहोर्नु पर्ने र एक कृषक बराबर अधिकतम् ७ केजी विऊ दिईने सूचना अधिकारी तथा वडा सचिब राजन खतिवडाले दिएका छन् ।


















