• सुदिप गिरी 

हल्दिबारी । 

गोलोक गोवर्धन गौशाला सताक्षीधाम झापाले एकसय ४४ गौमाताको उद्धार गरेको छ । बर्दिया जिल्ला राजापुर नगरपालिकास्थित गौशालामा बिजोक अवस्थामा रहेका  ती गौमाताको उद्धार गरी विहीबार (आज) विहान सकुशल श्री गोलोक गोवर्धन गौशाला सताक्षी धाम झापा ल्याई पुर्याएको हो । 

बर्दियास्थित राजापुर गौशालाबाट –८ वटा ट्रकमा राखेर १ सय ४४ गौ करिब ७० घण्टा लामो यात्रा पार गरी सकुशल ल्याई पुर्याइएको हो ।  उक्त गौ ल्याउने कार्यमा श्री सताक्षी  गुरुकुलका प्राचार्य तथा गौशालाका ब्यवस्थापक मदन मोहन अधिकारीले अगुवाई गरेर बाटोमा अनेक दुःख, कस्ट खट्दै ल्याई पुर्याएको जानकारी दिए ।  यसअघि पनि सोहि ठाउँबाट १ सय ३२ गौमाताको उद्वार गरि ल्याएको थियो।

बर्दिया राजापुरस्थित गौशालामा उचित स्याहार सुसार, रेखदेख र पाउनु पर्ने गौहरू त्यहाँको नगरपालिकाले उचित ब्यवस्थापन नगरि दिदा त्यस्तो समस्या आएको हो । वर्षायाममा जमेका पानीको कारण हिलो र दलदलमा गाडिएको कारण दैनिक गौहरूको मृत्यु हुने, बिरामी हुने भएकोले त्यो नगरबाट गौमातालाई उचित व्यवस्थापन गर्न  गोलोक गोबर्धन गौशाला ल्याईएको उनले बताए । 

g

स्याहारसुसार र संरक्षणको संकल्प गरेर गौलोक गोवर्धन गौशालाका संस्थापक नन्दकिशोर भारद्वाजले ती गौहरू ल्याउने काम भएको बताए । ‘ती गौमाताहरूको उद्वारका लागि देश तथा बिदेशबाट सेवा सहयोग गर्नुहुने गौ सेवकहरूको मद्दतले  यो कार्य सम्भव भएको हो।’ उनले भने ।