बिर्तामोड ।
वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समिति कोटीहोमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापामा रगतको चरम अभाव भइरहेको बेला समितिले बिर्तामोडको आदर्श ब्यांक्वेटमा रक्तदान आयोजना गरेको हो ।
कार्यक्रम संयोजक नविन खरेलका अनुसार कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको छ । छोटो समयको तयारीमा पनि रक्तदाताको उल्लेख्य सहभागिता भएको खरेलले बताए ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बिर्तामोडको रहेको थियो ।