• सुदिप गिरी 

हल्दिबारी । 

हल्दिबारी गाउँपालिका वडा नं.३ को प्रशासनिक(वडा कार्यालय) आफ्नै नयाँ  भवनको  उद्घाटन भएको छ। यस अघिसम्म वडा कार्यालय भाडाको घरबाट सञ्चालन गरिएको थियोे ।

नयाँ भवनको उद्घाटन सोमबार (आज) हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीलेगरेका हुन् । उद्घाटनपछि वडा कार्यालयले आफ्नै भवनबाट सेवा समेत शुचारू गरेको छ। ७२ लाख ४४ हजार ५ सय ३० रूपैयाँ दुई पैसाको लागतमा माँ शखडा भगवती कन्स्ट्रक्सन, सिराहाले भवन  निमार्ण गरेको थियो।

नयाँ वडा कार्यालय भवन बनेसँगै वडाको सेवा प्रवाह चुस्त, सहज र सरल बन्ने बिश्वास रहेको उपाध्यक्ष गिरीले जानकारी दिए । 

भवनमा ब्यवस्थित पार्किङ्ग समेत रहेको छ । कार्यालय भवनको पहिलो तल्लामा ५ वटा कोठाहरू रहेका छन् भने दोश्रो तल्लामा एउटा कोठा मात्र रहेको छ । भवनमा बैठककक्ष, वडाअध्यक्ष कक्ष, वडा सचिव कक्ष र जनप्रतिनिधिका कार्यकक्ष लगायतका कोठा छन् यो प्रशासनिक भवन हल्दिबारी गाउँपालिका भए यताको पहिलो प्रशासनिक भवन हो।