बिर्तामोड ।
तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् झापाको तेस्रो जिल्ला अधिवेशन मंसीर ४ गते हुने भएको छ । झापाको बिर्तामोडमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी परिषद्ले अधिवेशनबारे जानकारी दिएको हो । परिषद्का झापाका अध्यक्ष धनबहादुर गुरुङले बिर्तामोडको अतिथि सदनमा पाँच सय प्रतिनिधको सहभागितामा अधिवेशन हुने बताए ।
अधिवेशनमा झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका इकाईहरुबाट पाँच÷पाँच जना, भातृ–भगेनी संस्थामध्ये तमुस्यो ह्युल छोज धिंबाट २ जना, युवा छोज धिंबाट २ जना, र विद्यार्थी छोज धिबाट २ जना एवम् गुम्वा व्यवस्थापन समितिको तर्फबाट प्रत्येक गुम्वाबाट १÷१ जना प्रतिनिधीसहित पाँच सय जनाको सहभागिता रहने उनले बताए ।