• शर्मिला पुरी 

झापा ।

नेपाल दशनामी समाज केन्द्रिय समितिको निर्णय बमोजिम देशभर छरिएर रहेका  दशनामीहरुले जनगणनामा जातीमा दशनामी लेख्न आव्हान गरिएको छ ।  

कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भइरहेको १२ औं राष्ट्रिय जनगणनाको मुलगणनामा देशभरका दशनामीले जातीको स्थानमा दशनामी नै लेखाउन समाजले आव्हान गरेको हो । 

केन्द्रकै निर्णय बमोजिम प्रदेश नम्बर १ का दशनामीहरुलाई पनि जनगणनामा जातीको ठाउँमा दशनामी नै लेख्न नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले आग्रह गरेका छन् ।

समावेशिता तथा समानुपातिकमा जातजातीले ठूलो महत्व राख्ने भएकाले सवैलाई जातीको ठाउँमा दशनामी लेख्न अध्यक्ष गिरीले आग्रह गरेका हुन् । ‘सन्यासी भनेका सवैकुरा त्यागेर पहेलो बस्त्र धारण गर्ने मठमन्दिरमा बस्ने महन्थ, साधुसन्त हुन्’ अध्यक्ष गिरीले भने ‘ गिरी, पुरी, भारती र बन खस वर्गका दशनामी हुन् ।’ उनले घरदैलोमा जनगणनाका लागि जाने÷आउने गणकहरुलाई पनि जातमा दशनामी थर सुचिकृत गरिदिन आग्रह गरेका छन् । झापासहित प्रदेश नं. भरका जिल्लाका स्थानीयतहमा रहेका बन्धुहरुलाई गणकहरुलाई थरको विवरणमा दशनामी लेखाएर सहयोग गरिदिन समेत आग्रह गरेका छन् । 

नेपालको संविधान २०७२ मा समेत नेपालका जातजातिहरुलाई ६ प्रकारको वर्गमा विभाजन गरिएको छ । जस्मा खस आर्य, जनजाती, दलित, मुस्लिम, मधेसी, थारुलगायत अन्य पर्दछन् । त्यस्तै खस आर्य अन्तरगत बाहुन, क्षेत्री, दशनामी, ठकुरी पर्दछन् । 

मुलुकमा प्रत्येक १०÷१० बर्षमा हुने जनगणनाले विकास निर्माण, जातिय पहिचान, मौलक हकलगायतमा ठूलो महत्व राख्ने भएकाले आफ्नो जातिय महलमा भ्रममा नपरी गिरी, पुरी, भारती, बनले थर दशनामी लेखाएर राष्ट्रिय जनगणनामा सहयोग गर्न समेत समाजले सवैमा आव्हान गरेको छ ।