सुनसरी । 

सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका –१० वसियन पार्कका ४५ बर्षीय धन प्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका –१० घर भई हाल ईटहरी उपमहानगरपालिका –१७ स्थित दिदिको घरमा बस्दै आएको १४ बर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् ।

शनिबार दिनको ३ बजे घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लागी घाईते भएका तामाङको उपचारको बिराट टिचिङ ल्याएकोमा अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो भने तिमल्सिनाको बेलुका ४ बजे घर नजिकै नहरको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भई उपचारको लागी बिराट टिचिङ अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।