- सुदिप गिरी
झापा ।
प्रकृतिको पूजा आरधना तथा एकता र सद्भावको सन्देश दिने छठ पर्व आज उदाउँदो सूर्यलाई ब्रतालुहरूले अर्घ अर्पणगरी सम्पन्न भएको छ। ४ दिन अघि स्याउ र रोटी खाएर शुरू भएको ३६ घन्टाको निर्जला व्रत उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै समापन भएको हो ।
नदी, पोखरी लगायतका स्थानमा बनाएका छठ घाटमा बिहान ६ बजेर २१ मिनेटको शुभ साहितमा सूर्यलाई अर्घ अर्पण गरेका थिए । छठ पर्व गर्नाले चर्मरोग निको हुनुका साथै घरपरिवारमा सुख, शान्तिले बास गर्ने, सन्तान प्राप्त, सन्तान दिर्घायु हुने धार्मिक बिश्वास रहेको छ।
यता हल्दिबारी गाउँपालिको पाथिभरा सिंहकाली पर्यटन क्षेत्रमा समेत धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ। बार्हदसी, बिर्तामोड ,भद्रपुर, कचनकवल लगायतका स्थानबाट उपस्थिति ४÷५ हजार जनाको उपस्थितसहित सौहभारदतापूर्ण वातावरणमा पूजा सम्पन्न भएको हो। स्थानीय युवा एवम भक्तजनहरूको चाहनानुसार राष्ट्रियस्तरको कलाकार सहित बिबिध सास्कृतिक र मनोरन्जनात्मक कार्यक्रम हुन नसके पनि शृजनशील युवा क्लब, हल्दिबारी–४, पाथिभरा कालिका बन उपभोक्ता समिती, स्थानीय युवा र ब्यापारीहरूको सहयोगमा छठ घाट ब्यबस्थापन भएको जानकारी छठ पूजा आयोजक समितिका सचिव नितेश शाहले जानकारी दिए ।
घाटमा रातभर जलथल प्रहरी चौकीबाट शान्ति सुरक्षा प्रदान गरिएको थियो। वडा न–४ बाट महेश मेचे, गिता भन्डारी र पबित्रा सेन्च्युरीसहित वडासचिब एवम सम्पुर्ण कर्मचारीको उपस्थिति रहेको थियो। भद्रपुरको मेची नदी र बिरिङ खोलामा ठूलो संख्यामा नदिको किनारमा भक्तजनको घुईँचो थियो भने काठमाडौं, जनकपुर, बिराटनगरलगायतका स्थानमा पनि उल्लेखिय भक्तजनको उपस्थिति रहेको थियो ।
तस्वीर गुगलबाट


















