• सुदिप गिरी 

हल्दिबारी ।

झापाको हल्दिबारी गाउँपालिकाले किसानहरूलाई लक्षित गरी जैं घाँसको बीउ बितरण गर्ने भएको छ। गाउँपालिकाको जम्मा एक लाख बीस हजार लागतको उक्त कार्यक्रम पाँचैं वटा वडा कार्यालय मार्फत बीउ वितरण गरिने भएको हो।

कृषकहरूको ५० प्रतिशत लागत सहभागिता रहने उक्त कार्यक्रमको २ नं. र ५ नं.वडा कार्यालयले सार्वजनिक सूचना जारीगर्दै सम्बन्धि किसानहरूलाई सम्बन्धित वडा कार्यालयमा नागरिककताको प्रतिलिपि, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी र निबेदनसहित वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ । 

 सबै वडाहरूमा ६ सय ३० केजीका दरले बीउ पठाएको र आईतबारबाट वडा कार्यालयबाट बीउ वितरण हुने कृषि बिकास शाखा प्रमुख  सानुमाया श्रेष्ठले बताइन् ।

suchana 1