• सुदिप गिरी 

हल्दिबारी ।

छठ पर्वको मुख्य दिन आज बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो भन्ने धार्मिक बिश्वास रहि आएको छ। 

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । छठ पर्वका तयारीमा झापाको नदीहरू मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अदुवा र  रतुवा लगायतका नदीमा भक्तजनहरूको आगमन शुरू भईसकेको छ।

गत वर्ष कोभिड १९ महामारीको कारण घर घरमा कुण्ड ,(पोखरी) मा मनाएका श्रद्धालु ब्रतालु, भक्तजन, बडो धुमधाम र उत्साहका साथ वृहत तथा सामूहिक छठका लागि नदि किनारमा जम्मा हुन थालेका छन्। साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने तयारी भईरहेको छ। भने रातभर जाग्रामगरी भोली बिहानको उदाउँदो पूजा आराधना गरी अर्घ दिई व्रत समापन गरिन्छ । 

तस्वीर गुगलबाट