- केशब चापागाईं
शरणामती ।
झापाको झापा गाउँपालिका–६ फुलगाछीमा एउटा अचम्मको बालकको जन्म भएको छ। बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बालकको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताए । अनौठो बालकको जन्म भएपछि बुधबार बिहानदेखी हेर्ने मानिसहरुको घुइँचो लागेको छ।
छोराको रुपमा जन्मेको बालकको जन्मपश्चात नै मृत्यु भएको स्थानीयले बताएका छन्।