सुनसरी । 

सुनसरीको धरान उप–महानगरपालिका–१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिइन् ।

घाईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकोम क्रममा मृत्यु भएको हो । 

ईलाका प्रहरी कार्यालय धरानको  प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा पक्राउ परेका राईको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ  ।