- राजु बराल
चन्द्रगढी ।
झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको कार्तिक ३० गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता सोमबार सम्पन्न भएको छ ।
समुहको अध्यक्षमा दुर्गाप्रसाद भट्टराई र चुडामणी मैनालीले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपाध्यक्षमा शालिग्राम नेपाल र गोकुल ढकाल, सचिवमा पार्वती मल्ल र भानु पोखरेल, सह सचिवमा याम प्रसाद खरेल र इस्वरीप्रसाद रिजाल, कोषाध्क्षमा भारत सिङ राजबंशी, अनुज खतिवडा र खगेन्द्र बिमलीको उम्मेदवारी दर्ता गराएको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका निर्वाचन समितिका सदस्य राजु बरालले जानकारी दिए ।
समुहको आरक्षण सदस्यतर्फ आदिबासीमा कान्टु राजबंशी र धर्मलाल राजबंशी, जनजातीमा इन्द्रबहादुर खवास र बालकुमार राई, दलितमा वीरबहादुर बिस्वकर्मा र लालबहादुर दर्जी चाहार, अपाङ्गमा ध्रुब सुवेदी र सुनिराम हास्दाले उम्मेदवारी दिएका छन् ।
छ वटा क्षेत्र रहेको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र नं. २ को संयोजकमा दुर्गाप्रसाद दाहाल र रमेश नेउपाने, महिला सदस्यमा चन्द्रावती राजबंशी र चित्रकला गिरी, क्षेत्र न ३ मा संयोजकमा ताराप्रसाद चम्लागाई र प्रेमप्रसाद पराजुली, महिला सदस्यमा रुद्रकुमारी पौडेल र शकुन्तला चौधरी, क्षेत्र न ४ संयोजकमा जगेश्वर राजवंशी र पर्वतसिंह राजवंशी, महिला सदस्यमा पिङ्की राजवंशी र फिटिङ राजवंशी, क्षेत्र न ५ संयोजकमा तोयानाथ बास्तोला र बिस्वनाथ भट्टराई, महिला सदस्यमा निर्मलादेबि भट्टराई र लक्ष्मी आचार्यले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. ६ संयोजकमा अशोककुमार नेउपाने र युबराज दाहाल, महिला सदस्यमा मञ्जु खतिवडा अधिकारी र दुर्गादेबि कटुवाल, क्षेत्र नं. ९ संयोजकमा केशव खतिवडा र चन्द्रबहादुर कार्की, महिला सदस्यमा कमला थापा र कौशिला दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको कार्यसमितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनले समुहका पुर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराईको नेतृत्वमा र नेकपा एमाले, राप्रपाको गठबन्धनले चुडामणी मैनालीको नेतृत्वमा उम्मेदवार मनोनयन दर्ता गराएको देखिएको छ ।


















