मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार भारतिय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका मादी गाउँपालिका–९ संखुवासभाका ३९ बर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाईजाल्याब ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद भएको थियो ।
लागु औषधसहित पक्राउ परेका गुरुङको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।