सुनसरी ।
सुनसरीको ईटहरी उपमहानगरपालिका –४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।