• सुदिप गिरी 

हल्दिबारी । 

झापाको हल्दिबारी –२ को भेलागुडीमा निर्मित गौं, बाछाको स्तम्भको  उद्घाटन भोली (मंगलबार) श्री बालसन्त मोहन शरण देवाचार्य महाराजश्रीले गर्ने भएका छन् । 

हल्दिबारी गाउँपालिकाको एक लाख, भेलागुडी सामुदायिक वन उपभोक्ता समूहको ३० हजार रुपैयाँलगायत स्थानीय ३५ जना बुद्धिजीवी, समाजसेवी तथा गौं भक्तहरुको अगुवाईमा श्री गोलोक गोवर्धन गौशाला सतासीधामको समन्वयमा भारतको राजस्थानबाट मार्वलको अत्यन्तै दिब्य प्रतिमा ल्याई केहि समय अगाडि निर्माण पूरा भएको थियो । 

कोभिड महामारीका कारण उक्त दिब्य प्रतिमाको शिलान्यास गर्ने काम केहि समय  ढिलाई  भएको  गणेशप्रसाद पौडल जानकारी दिए । 

गोलोक गोवर्धन गौशाला सतासीधामका संस्थापक अध्यक्ष श्री नन्दकिशोर भारद्वाजद्वारा शिलान्यास गरिएको उक्त प्रतिमाको उद्घाटन भोली बिहान ११ब जे श्री बालसन्त मोहन शरण देवाचार्य महाराजको करकमलबाट हुने जनाइएको छ ।

साथै उनले उक्त कार्यक्रममा प्रबचन समेत दिइने बताइएको छ । सम्पूर्णलाई उपस्थितिका लागि आयोजकले आग्रहसमेत गरेको छ ।