• सुदिप गिरी 

हल्दिबारी।

गोलोक गोवर्धन गौशाला शिवसताक्षी धाममाआज (शुक्रबार) गोवर्धन (गाई, गोरू पूजा ) पूजाको  अवसर पारेर एक कार्यक्रमका बिच धर्मदर्शन फाउन्डेशन सदन र राधाकृष्ण सदन गौशाला (गोठ) को उद्घाटन भएको छ।

गोलोक गोवर्धन गौशाला धामका संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजको  उपस्थितिमा धर्म दर्शन फाउन्डेशन नेपालका संस्थापक अध्यक्ष युवा पण्डित कुबेर सुबेदीको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । 

 धर्म दर्शन फाउन्डेशन नेपालद्वारा निर्माण भएको धर्म दर्शन फाउन्डेशन नामक सदन र नारद कट्टेल र धनपति अधिकारी न्युजिल्यान्डको अगुवार्इमा बनेको अर्को राधाकृष्ण सदनको उद्घाट्न गरिएको जानकारी श्री सताक्षी  गुरुकुलमका प्राचार्य तथा गौशालाका ब्यवस्थापक मदन मोहन अधिकारीले दिए । 

झापामा मात्र नभई नेपाल भरिकै सडकमा रहेका छाडा गाई, गोरू संरक्षण गर्ने, विभिन्न लोप हुन लागेका गौंवंशको रक्षा गर्ने अभियानको अगुवार्इ गोलोक गोवर्धन गौशालाले गर्दै आएको छ । केही समय अगाडि बर्दियाको राजापुराबाट समेत १ सय ३० गाईको उदारगरी ल्याई ती गौहरूको उपचार, हेरचाह र संरक्षण भईरहेको छ।

हिन्दूधर्ममा पवित्र र गुणी पशु गाईमा ३३ कोटी देवताको वास हुने विश्वास गरिन्छ । गाई दानलाई सबैभन्दा ठूलो दान र हत्यालाई सवैभन्दा ठूलो महा पाप मानिन्छ । उद्घाटन कार्यक्रमको सञ्चालन गौशालाका सचिब तथा पं.सोमनाथ सुबेदीले गरेका थिए ।

कार्यक्रममा  बेद प्रकाश अर्गवाल, घनश्याम खनाल, मदनमोहन अधिकारी, देबीप्रसाद सुवेदी, पुस्तक राज सुवेदी, कृष्ण खरेल, इन्दिरा गौतम, प्रसाद सुब्बा लगायतको उपस्थिति रहेको थियो।