झापा । 

झापाका बाढी पीडित एक सय ८० जनालाई सहारा नेपाल बिर्तामोड नगपालिका–२ ले खाद्य तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । सहारा नेपालले जिल्ला प्रशासन झापा, गौरीगञ्ज गाउँपालिका र भद्रपुर नगरपालिकासँगको समन्वयमा राहत प्याकेज वितरण गरेको हो । 

झापाका गौरीगंज गाउँपालिका वडा –१ का १ सय घर परिवार र भद्रपुर –३ स्थित मेची पारी र हात्तीमाराका ८० घर बाढी पीडित परिवारलाई खाद्य तथा स्वास्थ्य सामाग्री वितरण गरेको सहारा नेपालका लेखा अधिकृत राजु गिरीले बताए । खाद्य तथा स्वास्थ्य सामाग्रीसहितको राहत प्याकेज वितरण गरिएको गिरीले बताए । 

करीब तीन साता अघि आएको बर्षापछिको बाढीबाट पीडित बनेकालाई राहत वितरण गरिएको हो । गौरीगञ्ज गाउँपालिका  वडा नं.१ का वडा सदस्य  टंकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वडा सदस्य राजभक्त सुनुवार,  ससस्त्र प्रहरी निरिक्षक नरबहादुर बस्नेत, प्रहरी सहायक निरिक्षक दिपेन्द्र गौतम, नेकपा एमाले अध्यक्ष गोविन्दबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो ।  

sahara2

सहारा नेपालका कोषाध्यक्ष श्यामकुमार प्रधानले कार्यक्रमबारे जानकारी दिएका थिए । कार्यक्रममा संस्थाका सदस्य प्रेमप्रसाद उप्रेती, प्रशासन तथा वित्तिय अधिकृत पवनलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन सहारा नेपालका कार्यक्रम संयोजक टि.पि. कडेलले गरेको कार्यक्रम व्यवस्थापन राजु गिरीले बताए । भद्रपुरमा भएको राहत वितरण कार्यक्रम भद्रपुर ३ की वडाध्यक्ष कमला थुलुङको अध्यक्षतामा तथा नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । 

sahara3

कार्यक्रममा प्रतिनिधि तथा सहारा नेपालका वित्त व्यवस्थापक होमनाथ पौडेल, कार्यक्रम संयोजकहरु किसन गौतम, दिपेश ओली, लिलाराज नेपाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भद्रपुर नगरपालिकाका कार्यपालिका सदस्य घनश्याम लकान्द्रीले गरेका थिए ।  ‘एक्सन अगेंस्ट  हङ्गर’ को आर्थिक सहयोगमा सहारा नेपालद्धारा प्रति परिवार २५ केजी चामल, १ केजी नुन, २ केजी  दाल, ब्लाङ्केट १ थान त्रिपाल १ थान आलु ५ केजी, अण्डा १ क्यारेट, बाल्टी १ थान आरी १ थान तथा टुथपेस्ट, ब्रससहितको  स्वास्थ्य  सामाग्रीको ब्याग वितरण गरिएको संस्थाका लेखा अधिकृत तथा सामाग्री व्यवस्थापन गिरीले जानकारी दिए ।