झापा । 

 गोरखा राज्य एकीकरण अभियानमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिशे नगर्चीको नामबाट सम्मान तथा पुरस्कार बितरण  गरिने भएको छ ।  

गोर्खा फाउण्डेशनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताइएको हो ।  प्रदेश एक साथै मुलुक भरी  विभिन्न बिधामा कृयाशिल रहेर राष्ट्र र समाजलाई विशेष योगदान पुर्याउने दलित तथा गैर दलित समुदायका ब्यक्तित्वलाई यो सम्मानद्वारा सम्मानित गरिने फाउण्डेशनका संस्थापक वीरबहादुर दर्नाल (वीरु) जानकारी दिए ।  साथै भारतका दार्जिलिङ, सिक्किम, आसामलगायतका नेपाली भाषी  दलित समुदायलाईसमेत उक्त सम्मान गरिनेछ । 

गोरखा दरबारमा नगरा बजाउने   दमाई जातिका बिशेले गोरखा राज्य एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहलाई आर्थिक संकट परेका बेला राजाबाट सल्लाह भए अनुसार आफुसङ भएको एक रुपैया समर्पण गरेर राज्य भरिका १ हजार २ सय घर धूरीबाट यसरी एक एक रुपैया उठाएर   हतियार किन्न आवश्यक रकम जम्मा हुने सल्लाह दिएका थिए ।  सोही अनुसार गरेर राजाले गोरखा राज्य बिजय हासिल गर्न सफल भएको ईतिहासमा उल्लेख छ ।  बिशेले एक रुपैयाँ दिएर र लडाईका क्रममा फौजलाई उर्जा दिन कहिले नगरा बजाएर त कहिले सङित सुनाएरसमेत गोरखा राज्य एकिकरणमा योगदान दिएका थिए भन्ने उल्लेख गरिएको पाईन्छ ।  

गोर्खा फाउण्डेशन मुख्य आयोजक र झापाका १५ वटै स्थानिय पालिका  यस कार्यक्रमका सह आयोजक बन्न आवश्यक पहल गरिने बताईएकोछ ।  झापाको गौरव राख्न सक्ने राष्ट्रिय स्तरको कार्यक्रम र राष्ट्रिय ब्यक्तित्वको नामबाट कार्यक्रम गरिने भएकोले सबै क्षेत्र, संघ÷संस्था एवम नागरिक समाजलाई अपनत्व हुने गरि सबैको साझा कार्यक्रमको रुपमा थालनी गरिएको पत्रकार सम्मेलनमा फाउण्डेशनका महासचिव रन्जित परियारले बताए ।  

आउदो पौषको दोश्रो साता कार्यक्रम गरिने भएकोछ १ दुई वर्ष अघि नै गरिने तय भएको यो कार्यक्रम कोभिडका कारण स्थगित गरिएको थियो ।