मोरङ । 

मोरङ धनपालथान गाउपालिका –३ मोरीयापुलमा  बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल पछाडि सवार रंगेली नगरपालिका –३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् ।

बुधबार रंगेली(बिराटनगर सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०४–००१ ख ००२२ नम्बरको बसले  बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार रेखा पासवान र उनकै श्रीमान् ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए ।

अस्थाई प्रहरी चौकी बेतौनाको  प्रहरी टोलीले दुवै घाईतेलाई उपचारको लागि रंगेली अस्पताल पठाईएकोमा रेखाको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो भने उमेशको सोही अस्पतालमै उपचार भईरहेको छ । दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतालस भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।