- राजु बराल
चन्द्रगढी ।
झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको कार्यसमितिको निर्वाचन कार्तिक ३० गते हुने भएको छ । कार्यसमितिको ३० गते हुने निर्वाचनका लागि कार्तिक १७ गते मतदाता नामावली प्रकाशन, कार्तिक २१ गते मतदाता नामावली उपर दाबी बिरोध, कार्तिक २२ गते उम्मेदवार मनोनयन दाखिला र उम्मेदवारको प्रथम नामावली प्रकाशनको कार्यक्रम रहेको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका निर्वाचन समितिका सदस्य राजु बरालले बताए।
निर्वाचन कार्यक्रम अनुसार कार्तिक २३ गते उम्मेदवार माथि दाबी बिरोध र उम्मेदवारको मनोनयन फिर्ताका साथै सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकासन गरी कार्तिक २४ गते नमुना मत पत्र बितरण गरिने उनले जानकारी दिए ।
६ वटा क्षेत्र रहेको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको पहिलो चरणमा टोल संयोजक र परिषद सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा कार्य समितिको निर्वाचन हुन लागेको हो ।


















