• सुदिप गिरी 

हल्दिबारी । 

झापामा कोरोना संक्रमण बढेसँगै अस्पतालमा रगतको आभाव हुन थालेको रेडक्रसले जनाएको छ । हल्दिबारी उद्योग बाणिज्य संघको आयोजनामा   वडा नम्बर ३ को ढडुवा  बजारमा रक्तदान कार्यक्रम हुने भएको हो । 

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको  प्राविधिक सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो। मंगलबार (भोली) ढडुवा बजारमा  बिहान ८ बजेदेखि रक्तदान शुरु हुने जनाइएको छ। 

 हल्दिबारी  उद्योग बाणिज्य संघले रक्तदान गर्नलाई सहभागी हुन आग्रह गरेको छ ।  रगतको अभाव कम गर्न कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।