बिर्तामोड । 

यामाहा मोटरसाइकलको झापा बिर्तामोडका लागि आधिकारिक बिक्रेता सयपत्री टे«डलिङ्कले यामाहाको एमएडब्लु एफजेडभिथ्रि एक्स कनेक्ट मोडल मोटरसाइकल बिर्तामोडमा बिक्री शुरु गरेको छ । 

सयपत्रीले सोमवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी उक्त मोटरसाइकलको सार्वजनिक गरेको हो । उक्त मोटरसाइकलको सार्वजनिक इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्य र बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले संयुक्त रुपमा गरेका थिए ।  

यामाहा मोटसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले हिजो आइतवार उक्त मोटरसाइकल नेपाल भित्र्याएको थियो । 

एफजेडभि–थ्रि मोटरसाइकल रातो, नीलो र हरियो रंगको रहेको छ भने नेपाली बजार मूल्य ३ लाख ७९ हजार ९ सय देखि ३ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको सयपत्री टे«डलिङ्कका सञ्चालक विनोद बस्नेतले जानकारी दिए । 

मोटरसाइकलमा जडित ब्लुटुथ रहेको छ जसले गुगल प्लेस्टोर र आईओ एसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउनलोड गरी बाइकको स्मार्ट मोडका जीवनका सुलभ बनाउने सुविधा लिन सकिने जनाइएको छ । 

मोटरसाइकलमा ब्लुटुथ प्रबिधिको पहिलो सुविधा ‘एन्सर ब्याक’, दोस्रो सुविधा ‘इ–लक’ ब्यवस्था, ‘लोकेट माई बाइक’, ‘राइजिङ्ग हिस्ट्री; ‘पार्किङ रेकर्ड’ र हजार्ड जस्ता सुविधा रहेको छ । एफजेडभिथ्री कनेक्ट एक्स मोडलको थप सुविधा बारे सयपत्रीका सञ्चालक बस्नेतले बताए ।