मोरङ । 

मोरङको सुन्दरहरैचा नगरपालिका –४ दुलारी स्थित पुर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् ।

  पश्चिम आउदै गरेको द्यच् छण् न्ब् ण्घण्ट नम्बरको भारतिय लहरीले बिपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा  मृत्यु भएको छ । ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।