- सुदिप गिरी
हल्दिबारी ।
हल्दिबारी गाउँपालिका –४ का नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला पुर्व सभापति तथा समाजसेवी स्व. रेवतीरमण नेपालको स्मृतिमा उनकी धर्मपत्नी वेदकुमारी नेपाल तथा परिवारले अक्षयकोषको स्थापना गरेका छन् ।
रेवतीरमण नेपाल स्मृति अक्षयकोष, नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखा अन्तरर्गत स्थापना भएको कोषको रकम ५ लाख २ बर्ष भित्रमा पुर्याउने गरि आज (शनिवार) आज स्वर्गीय नेपालको पहिलो बार्षिक तिथिका दिन आयोजना गरिएको स्मृति अखण्ड पुराणको अवसरमा उक्त कोष स्थापना गरिएको हो ।
धर्मपत्नी तथा परिवारले २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै अक्षयकोष स्थापना गरिएको हो । कार्यक्रममा उक्त चेक स्वर्गीय नेपाल कि धर्मपत्नी वेदकुमारीले रेडक्रस जिल्ला सभापति लोकराज ढकाललाई हस्तान्तरण गरेकी थिइन् ।
नेपाल रेडक्रस सोसाइटीमा जीवनको अन्तिम समयसम्म सेवा पुर्याएका स्व. नेपालको परिवारले अक्षयकोषको स्थापना गरेर उदाहरणीय काम गरेको सभापति लोकराज ढकालले बताए । उनको स्मृतिमा स्थापना भएको कोष मार्फत प्रत्येक बर्ष एक जना रेडक्रस स्वयंसेवकलाई रेडक्रसको साधारणसभाको दिन सम्मान गरिने ढकालले बताए ।


















