झापा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा मूल्य बढाइएको निगमले जनाएको छ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन (आन्तरिक तथा बाह्य) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरेको छ। बढेको मूल्य अनुसार अब पेट्रोल, प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ।
यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९६ तथा बाह्य प्रति किलोलिटर अमेरिकी डलर ८ सय ५३ पुगेको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर एक हजार पाँच सय रुपैयाँ पुगेको छ।