भद्रपुर । 

नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर अधिवेशनले ब्रम्हलाल ढुङ्गानाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्तिक ९ गते १२ बजे भर्चुअल सम्बोधन गर्दैै उद्घाटन गरेको अधिवेशनको निर्वाचन सत्रले ढुङ्गानाको अध्यक्षतामा नगर कमिटीलाई निर्वाचित गरेको हो ।

 निर्वाचन सत्रले एक उपाध्यक्षसहित ६३ सदस्य निर्विरोध निर्वाचित गरेको थियो भने १२ पदमा शुक्रबार मतदानबाट निर्वाचित गरेको निर्वाचन कमिटीका संयोजक माधव विद्रोहीले जानकारी दिए । 

निर्वाचन कमिटीले दिएको जानकारी अनुसार अध्यक्षमा ब्रम्हलाल ढुङ्गाना सचिव घनश्याम लकान्द्री, उपसचिवमा किरण कार्की र कौशिल्या अधिकारी निर्वाचित भएका छन् । उपाध्यक्षमा भीम सुब्बा केरुङ निर्विरोध निर्वाचित भएका छन् । 

त्यसैगरी खुल्ला पुरुष सदस्यमा टेकवहादुर खड्का (काजी), निर्माण नेपाल, हेमप्रसाद खनाल, तुलसी पोखरेल, शनिलाल राजवंशी, यादवप्रसाद पोखरेल, देवीप्रसाद कोइराला र गोपालकृष्ण मैनाली निर्वाचित भएका हुन् । 

त्यसैगरी, सदस्य खुल्ला महिलामा राधादेवी निरौला, मित्रा भट्टराई, शुशिला पौडेल, चन्द्रकला गौतम र देवीमाया सुवेदी अधिकारी सर्वसम्मत निर्वाचित भए । 

फरक क्षमताबाट द्रोणाचार्य निरौला, मजदूरबाट मलिन राजवंशी, मुस्लिमबाट यासमिन अली, सदस्य पेशागतबाट खडानन्द गुरागाई र गोमा पौडेल घिमिरे, विद्यार्थीबाट सन्देश धमला निर्वाचित भएका छन् भने आदिवासी÷ जनजाति÷ अल्पसंख्यक समूहको महिलाबाट दया राई र सीताकुमारी गुरुङ्ग, पुरुषबाट धनुहाङ्ग सुहाङ, रोशन राजवंशी, देवीवहादुर श्रेष्ठ, जगदिश जोशी, दिपक अग्रवाल र कान्द्रु राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् ।  

सदस्य दलितबाट विभा पासवान, कमला अछामी, देविका वसेल, लालवहादुर चाहार र रत्नमान कामी रसाइली निर्विरोध निर्वाचित भइन् भने निर्वरोध निर्वाचित हुनेहरुमा सदस्य वडागत प्रतिनिधिमा भद्रपुर वडानम्बर १ बाट गंगाप्रसाद आचार्य, विमल श्रेष्ठ र इन्दिरा निरौला, वडा नम्बर २ बाट भूमि श्रेष्ठ, सीतादेवी न्यौपाने, चम्पा श्रेष्ठ, उदयकुमार लिम्वू र लक्ष्मीप्रसाद न्यौपाने, वडानम्बर ३ बाट रोमादेवी घिमिरे, गुणराज ढुङ्गाना, वलवहादुर लिम्वू, वडानम्बर ४ बाट माधवप्रसाद अधिकारी, धुविन राजवंशी र कमला पौडेल अधिकारी, वडा नम्बर ५ बाट जानुका खतिवडा, रेवतीरमण खनाल, वासुकुमार कार्की निर्वाचित छन् । 

सदस्य वडागत प्रतिनिधिहरुमा वडानम्बर ६ बाट अरुण राई, दुर्गाप्रसाद खतिवडा, र शुशिला गौतम, वडा नम्बर ७ बाट सविता श्रेष्ठ, पवित्रा ओली, पोषराज पौडेल, राजन आचार्य र डिल्लीराम धमला, वडानम्बर ८ बाट केशवप्रसाद पोखरेल, रामप्रसाद दवाडी र मेनुका ओली, वडानम्बर ९बाट अशोक तिम्सिना, डिल्ली पोखरेल, कान्टु राजवंशी, भानु पोखरेल र विमला गौतम, वडानम्बर १० बाट श्यामकुमार राउत, संगिता खतिवडा, वालकृष्ण तिम्सिना (विनोद), संगिता ढकाल कोइराला र वावुराम कार्की निर्वाचित भएका निर्वाचन कमिटीका संयोजक विद्रोहीले जानकारी दिए ।