- सुदिप गिरी
हल्दिबारी ।
नेपाल कम्युनिष्ट पार्टी एमाले हल्दिबारी गाउँअधिबेशनमा सर्वसम्मत नेतृत्व चयनको लागि प्रयत्न गरिरहेको छ । नेकपा एमाले हल्दिवारी गाउँ कमिटीका लागि सर्वसम्मत तरिकाबाट नेतृत्व चयनको अन्तिम तयारीमा पुगेको श्रोतको दाबी छ।
पदाधिकारी बाहेक ७० जना सदस्य सर्वसम्मत चयन भएको जनाइएको छ ।बाँकी पदाधिकारी सर्वसम्मत चयनका लागि नेताहरू लागिरेका छन् । गाउँ कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवमा २ दर्जन भन्दा बढी आंकाक्षीहरु रहेकोले सहमतिमा ढिलाई भएको बताएको छ ।
आज बेलुका सम्ममा सर्वसम्मत हुन सक्ने पार्टीले दाबी गरेको छ । सर्वसम्मत भए १६गते सपथ ग्रहण गराउने र यदि सर्वसम्मत हुन नसके १६गते निर्वाचन गर्ने निर्वाचन मण्डलले जानकारी दिएको छ।