- सुदिप गिरी
हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ ले बेमौसमी हावाहुरी र वर्षाका कारण भएको धान तथा अन्य अन्नबालीहरूको क्ष्यतिको विवरणको तथ्यांक सार्वजनिक गरेको छ ।
बिहिवार सार्वजनिक गरिएको तथ्यांक अनुसार करिब २१÷२२ सय घरधुरी रहेको वडा न २ मा ५ सय ८७ घरधुरीको तथ्यांक, विवरण लिएको जनाएको हो।
वडाको जम्मा धान लगाएको क्षेत्रफल ४ सय २२ हेक्टर (६३३–१६–१३) रहेको छ । जसमध्ये पूर्णक्ष्यती भएको ३३.८०प्रतिशत (२१४–८–०) रहेको जनाएको छ।अंशिकक्ष्यती भएको ७.८९ प्रतिशत(४९–१८–०) र सामान्यक्ष्यती ०.९४ प्रतिशत (५–१७–०) रहेको छ। यसरी वडाको जम्मा भएको क्ष्यतीको क्षेत्रफल १ सय ८०हेक्टर (२७०–३–०) रहेको छ भने क्ष्यतीको ४२.६५ प्रतिशत हो। वडा अध्यक्ष राजेन्द्र योङहाङका अनुसार वडाले उक्त तथ्यांक गाउँपालिका समक्ष पेश गरेको छ ।
वडाको बजेट बिभिन्न शिर्षकमा बाडफाड भईसकेकोले अहिलेनै वडाबाट केहि गर्न नसकिने अबस्था रहेको बताए । माथिल्लो निकायहरू गाउँपालिका, प्रदेश सरकार लगायतमा क्ष्यती भएका किसानहरूलाई राहतका लागि वडाले पहल गरिएको उनले बताए ।
साथै यस वडाले किसानहरूलाई सिचाइको बिधुत महशुलको ५०प्रतिशत रकम वडा कार्यालय मार्फत सौलियत दिदै आएको समेत उनले जानकारी दिए । अबका दिनमा पिडित किसानलाई प्राथमिकतामा राखेर कार्यक्रम,योजना तय गरिने समेत उनको भनाई छ ।