बिर्तामोड । 

बिर्तामोड नगरपालिका वडा नम्बर ८ ले अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा बितरण गरेको छ। वडाका ५६ जना अपाङ्गता भएका ब्यक्ति तथा परिवारलाई ब्ल्याङ्केट बितरण गरेको वडाध्यक्ष अजय कार्कीले बताए ।वडाको बजेट बाटै आफ्ना नागरिकलाई सहयोग गरिएको हो ।

एक लाख मूल्य बराबरको सामाग्री बितरण गर्दै अध्यक्ष कार्कीले वडाका नागरिक जाडो, उपचार, खान र बस्न समस्या नहोस् भनेर न्यानो सामाग्री बितरण गरिएको र  नागरिकलाई कुनै समस्या परे सहयोग गर्न वडाबाट सकिएन भने ब्यक्तिगत भएपनि सहयोग गर्ने उनले बताए ।

न्यानो कपडा पाएसँगै उनीहरुले खुसी ब्यक्त गरे । स्थानीयले सहयोग पाएको  सरकार भएको महशुस भएको बताएका छन् । उनीहरुले नमागे पनि आफै बुझेर सहयोग गरेको बताए । यसअघि दशैँको पुर्वसन्ध्यामा पनि वडाका बिरामी १५ जनालाई जनही ५ हजार रुपैयाँका दरले उपचार गर्न सहयोग गरिएको थियो ।