सोलुखुम्बु । 

नव–निर्मीत ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको कार्यालय भवन, तथा आवास गृहको उद्घाटन भएको छ ।  एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उक्त भवनको उद्घाटन गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन  प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए । उनले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवनसँग सँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने बताए ।

कार्यक्रममा क्षेत्रीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष्य असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त को बताए । उनले नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले  अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गरे । 

२४ सै घण्टा ड्युटीमा रहने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । 

ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको साँढे २ तले कार्यालय भवन तथा आवास गृह २ करोड ६६ लाख ३३ हजारको लागतमा निर्माण सम्पन्न गरेको हो ।