तेह्रथुम । 

तेह्रथुम म्यान्छयायेम गाउपालिका –२ पौठाकका ३० बर्षीय नेत्रबहादुर लिम्वु अरिङाल झार्ने क्रममा रुखबाट लडेर  मृत्यु भएको छ ।

मंगलवार ( आज) बिहानको राती पौने ३ बजे उनको घर देखि १ किमि पुर्वमा रहेको उतिसको रुखमा अरिङाल झार्ने क्रममा रुखबाट लडेर  घटनास्थलमै  मृत्यु भएको हो ।

घटनाको  जानकारी पाउनसाथ प्रहरी चौकी मोराहाङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमको  प्रहरी टोलीले  थप अनुसन्धान गरिरहेको जनाएको छ ।